बडिमालिका नपाको आव २०७४।७५ को नीति तथा कार्यक्रम सहित बार्षिक बजेट पारित

आज मिति २०७४।५।२५ गतेका दिन बडिमालिका नगरपालिकाको पहिलो नगरसभामा यस सभाका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका उपाध्यक्ष कविता विष्टज्यूबाट आर्थिक वर्ष २०७४।७५ का लागि नीति तथा कार्यक्रम र सो नीतिलाई कार्यान्वयनका लागि ल्याईएको बार्षिक बजेट (राजश्‍वर व्ययको अनुमान) स्वीकृत गरिएको छ भने बिनियोजन विधेयक र आर्थिक विधेयक सभामा प्रस्तुत भई छलफलमा रहेकोमा २०७४।५।२६ गते बिहाना बस्‍ने सभाबाट पारित हुने ।