FAQs Complain Problems

बडीमालिका नगरपालिकाको विपद् पाश्वचित्र र आवधिक योजना तर्जुमा गोष्ठी सम्पमन्न

फागुन १० बाजुरा

बडीमालिका नगरपालिकाको विपद जोखिम पाश्वचित्र र आवधिक योजना गोष्ठी कार्यतक्रम सम्पन्न भएको छ ।  नगरपालिकाको सभाहलमा संचालन भएको गोष्ठीमा बडिमालिका नगरपालिका क्षेत्रमा हुन सक्ने बाढी , पहिरो , भुकुम्प , आगलागी , हावाहुरी जस्ता जोखिमहरु पहिचान जोखिम न्यनीकरण के कसरी गर्न सकिन्छ भन्ने विषयको जानकारी दिन गरी पाश्वचित्र निर्माण गरिएको छ । जोखिम व्यवस्थापन पाश्वचित्रलाइ आवधिक योजनामा समाहित गर्दै आगामी दिनहरुमा विपद जोखिम न्यूनीकरण गर्ने खालका विकास निर्माण गर्दा के कस्ता सावधानी उपाय अपनाउनु पर्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
 
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले विपत जोखिम पाश्वचित्र प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बडीमालिका नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सद्सय,नगरपालिकाका विषयगत शाखा प्रमुख, पत्रकार लगायत सरोकारसंग छलफल गरी विपद् जोखिम पाश्वचित्रलाइ अन्तिम रुप दिने नगर प्रमुख वडुवालले बताउनु भयो ।  

बडिमालिका नगरपालिकाका आयोजना र युनिसेफ नेपालगन्जको सहकार्यमा कार्यक्रम संचालन गरिएको हो । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालनभएको कार्यक्रममा युनिसेफ विपत जोखिम न्यनिकरण नेपालका प्रमुख हारुन वर िसाद प्रमुख अथिती रहनु भएको थियो भने युनिसेफ नेपालगन्जका प्रमुख राजेश सारु मगर , सुनिता कायस्थ विशिष्ट अथिती रहेका थिए । नगरपालिकाले आवधिक योजना तर्जुमा गरी योजनावद्द विकासलाई संस्थागत गर्न लागेको छ ।