FAQs Complain Problems

वसपार्क तथा सार्वजनिक यातायातका साधनमा हुने फोहोरमैला ब्यबस्थापन सम्बन्धि बडीमालिका नगरपालिकाको अत्यन्त जरुरी सुचना।

वसपार्क तथा सार्वजनिक यातायातका साधनमा हुने फोहोरमैला ब्यबस्थापन सम्बन्धि बडीमालिका नगरपालिकाको अत्यन्त जरुरी सुचना।

नेपाल सरकार सँघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघवीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा भएको समझदारी अनुसार सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रु तथा यातायात मजदुरहरु समेतहरुले यात्राका समयमा प्रयोग गर्ने पानीका बोतलहरु, खानेकुराका अवशेषहरु, पलाष्टिकका झोलाहरु आदी फोहोरमैलाजन्य बस्तुहरु झ्यालबाट फ्याँक्ने, बसपार्कमा जथाभावी फाल्ने गर्नाले जताजत्रै फोहोर हुन गएको अवस्थालाई मध्यनजर गर्दै त्यस्ता क्रियाकलापहरु नगर्न नगराउनुहुन साथै तपसिल बमोजिमका क्रियाकलापहरु सँचालन गर्ने ब्यबस्था अनिवार्य गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रशारण गरिएको छ ।
१. सार्वजनिक यातायात साधनको देखिने स्थानमा झ्यालबाट फोहोर फाल्न नदिने सम्बन्धि सुचना राख्न लगाउने ।
२. सबै सार्वजनिक यातायातका साधनले आफ्नो प्रस्थान विन्दुवाट सवारी छुट्ने बेलामा सवारी चालकले यात्रुलाई झ्यालबाट फोहोर नफाली शहर तथा टोललाई सफा राख्न सुचना दिने । लामो दुरीमा चल्ने सवारीहरुले त्यस्तो सुचना दिने ब्यबस्था प्रत्येक ३।३ घण्टामा गर्ने ब्यबस्था अनिवार्य गर्ने । रात्रीकालिन सेवाले राती ८ बजे पछि त्यस्तो सुचना दिनु नपर्ने ।
३. चिया वा खाना खाने वेलामा यात्रु ओर्लनु अघि फोहोरलाई निश्चित ठाँउमा फाल्न सुचना दिने ।
४. सार्वजनिक यातायातले यात्राका क्रममा सँकलन गरिएका फोहोरलाई सवारीको अन्तिक स्थानमा विसर्जन गर्ने ।
५. वसपार्कमा फोहोर विसर्जन गर्दा नगरपालिकाले तोकेको स्थानमा मात्र गर्ने ।
उल्लेखित क्रियाकलाप नगरेमा, अटेर गरेमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम यातायात सवारी चालक वा यात्रुलाई कारवाही हुने ब्यहोरा समेत जानकारी गराईन्छ ।