समाचार
जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
जिल्लाकै सदरमुकाम मार्तडीमा सम्पन्न जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक बडिमालिका नगरपालिका ले जित्न सफल भएकोमा सम्पूर्ण नगरवासीमा हर्षका साथ हार्दिक बधाई व्यक्त गर्दछौं।
जिल्ला खेलकुद समिति, बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको सह–आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न विधामा गराइएको प्रतिस्पर्धामा बडिमालिकाले २० स्वर्ण, २० रजत र ११ कांस्यसहित जम्मा ५१ पदक प्राप्त गर्दै उपाधि हात पारेको हो।गत वर्ष बुढीगंगामा सञ्चालन भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि बडिमालिकाले नै जित्न सफल भएको थियो। यससँगै लगातार दोस्रो पटक जिल्लाको उत्कृष्ट नतिजा हासिल गर्दै बडिमालिकाले आफ्नो खेलकुद क्षमता पुनः प्रमाणित गरेको छ।
साथै दोस्रो स्थान हासिल गर्ने बुढीनन्दा नगरपालिकाको १८ स्वर्ण, १२ रजत र १७ कांस्यसहित जम्मा ४७ पदकका साथ प्राप्त सफलताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।त्यसैगरी तेस्रो स्थान हासिल गर्ने खप्तड छेडेदह गाउँपालिकाको १५ स्वर्ण, १८ रजत र १७ कांस्यसहित ५० पदक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेकोमा हार्दिक बधाई व्यक्त गर्दछौं।
यस प्रतियोगितालाई शान्तिपूर्ण, मर्यादित र सफल रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबै पालिका, सरोकारवाला निकाय, रेफ्री, प्रशिक्षक, जिल्ला देलकुल समिति, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, अभिभावक तथा सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। विशेष रूपमा बडिमालिका नगरपालिकालाई लगातार दोस्रो पटक सफलता दिलाउने सम्पूर्ण पालिका जनप्रतिनिधि , पालिका खेलकुद विकास समिति , खेलाडी, प्रशिक्षक, पालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रअ लगायत सबै शिक्षक सरहरु तथा आ–आफ्नो स्थानबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै महानुभावप्रति उच्च सम्मानसहित हार्दिक आभार प्रकट गर्दछौं।
बडिमालिका नगरपालिकाको गौरव अझ उँचो बनाउने यस ऐतिहासिक सफलताले आगामी दिनमा अझ उत्कृष्ट परिणाम ल्याउने विश्वास लिएका छौं।
