FAQs Complain Problems

समाचार

Pages

नगरपालिकाको संक्षिप्त परिचय

ऐतिहासिक पृष्ठभूमी

वि.सं. २०७१ साल मंसिर १६ गते बाजुरा जिल्लाका मार्तडी, जुगाडा र वुढिगंगा गाविसहरु मिलेर बाजुरा जिल्ला कै पहिलो नगरपालिकाको रुपमा घोषण भएको बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको वडिमालिका नगरपालिकामा तत्कालिन समयमा १२ वटा वडामा विभाजित थियो । स्थानीय तह निर्धाारण तथा सिफारिस अयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले मुलुक भरी ७४४ तह घोषण गर्दा बडिमालिका नगरपालिकालाई पनि केही हेरफेर गरी सिफारिस गर्दा साविकको वडा नं. १ लाई गौमुल गाउपालिकामा समावेश गरी बडिमालिका नगरपालिकाका साविकका वडाहरुलाई एकआपसमा गाभि ९ वटा वडामा विभाजन गरिएको छ । साविकका जुगाडा, वुडिगंगा र मार्तडी गाविसका तपशिल वडाहरुलाई नयाँ नगर पालिकाका तपशिलका वडामा विभाजन गरिएको छ ।

वडा नं.     

साकिकको गा बि. स. नगरपालिका

साकिको वडा   

कैफियत

1

 जुगाडा

3,4,5

 

2

जुगाडा

             

             

 

1,2

 

3

जुगाडा        

 

8,9

 

4

वुडिगंगा

 

4,5

 

5

बुडिगंगा

 

1,2,3

 

6

बुडिगंगा

 

6,7,8,9,

 

7

मार्तडी गाविस

 

1, 2

 

8

मार्तडी

 

4,5,6,7

 

9

मार्तडी

3,8,9

 

 

  नामाकरण

बडिमालिका नगरपालिकाको नाम बडिमालिका माताको नाम संग जोडिएको छ । साविकको मार्तडी र वुढिगंगा गाविसमा रहेको मालिका धार्मिक स्थलको नामबाट यस नगरपालिकाको नामाकण गरिएको हो । नगरपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका जुगाडा, वुढिगंगा र सदरमुकाम रहेको मार्तडी गाविस गाभेर नगरपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सो ही नामबाट यस नगरपालिकाको घोषणा गरेको थियो ।

भौगोलिक अवस्थिति

बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्य बडिमालिका नगरपालिका पनि एक हो । यस नगर पालिका पूर्वमा बुढिनन्दा नगरपालिका र पाण्डवगुफा गाउपालिका, पश्चिममा गौमुल गाउपालिका, छेडेदह गाउपालिका र बुडिगंगा नगरपालिका, उत्तरमा गौमुल गाउपालिका र वुढिनन्दा नगरपालिका र  दक्षिणमा त्रिवेण्ी नगरपालिका सँग जोडिएको छ । यो नगरपालिका समुद्री सतह देखि १०८० मिटर देखि ४३६० मि. सम्म फैलिएको छ ।

यस नगरको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ ।  यो नगर पालिका 246202 567600  मि पश्चिमी देशान्तर देखि 266595.904677 ld=k"jL{ b]zfGt/ ;Dd km}lnPsf] 5  eg] 3270364.486303 ld pTt/ b]lv 3249666762166 मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ ।

 क्षेत्रफल

 २७६ वर्ग किलो मिटरमा क्षेत्रफलमा यो नगरपालिका फैलिएको छ ।

 भौगोलिक स्वरुप

यस नगरपालिकाको अधिकाँश भुभाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस नगरपालिकाको अधिकाँश भुभाग भिर ालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन । यस नगरपालिकामा वनजंगलले मात्र ६० प्रतिशत भुभाग ओगटेको छ । घासे भुभाग, वुट्यान र उजाड भुभागले पनि २८.३३ प्रतिशत ओगटेको छ । चट्टानले ०.०७ प्रतिशत ओगटेको छ ।

  स्थिति विश्लेषण

  जनसंख्या

३१२९ घरधुरीमा रहेका कुल जनसंख्या १७२२७ मध्ये जन्मेदेखि ५ वर्षसम्म उमेरका ९.५७ प्रतिशत, ५ देखि १५ वर्ष उमेरका २६.९८ प्रतिशत, १५ देखि १८ वर्ष उमेरका ७.१३ प्रतिशत र १८ देखि ४० वर्ष उमेर समुहका ३५.५८ प्रतिशत ४० देखि ६० वर्ष सम्मका १४.२९ प्रतिशत र ६० देखि  माथिका ६.४५ प्रतिशतत रहेको छ । जातीय रुपमा उपाध्याय, पण्डित, जैशी, हमाल, बम, रावल, धामी, बढा, रोकाया, भण्डारी, कार्की, बडुवाल, सावद, कठायत, खत्री, खडका, थापा, ल्वार, सार्की, वि.क, , दमाई, महत, गुयाल, ऐडी, सिहं, शाही, वोहरा, नाथ, गरी, वली, दानी, उखेडा, चदारा,विष्ट, वोगटी, ताम्राकार, तिरुवा, परी, मिजार, राना, रेग्मी, श्रेष्ठ, भोटे, भारति, देउवा, रावत लगायत ६५ जात जातीहरुको बसोबास रहेको छ । भने यस नगरपालिकामा वाहिरबाट विभिन्न कामले तथा व्यपार व्यवशायका लागि ६९७ घरधुरीका १३९१ जना व्यक्तिहरु भाडामा वस्ने गरेका छन ।

 प्राकृतिक श्रोत, कृषि, वन वातावरण र खाद्य सुरक्षा

बडीमालिका नगरपालिकाको कुल क्षेत्रफल २७५१९.१५ हे.मध्ये १६५४६।८७ हे. क्षेत्रफल वनजङ्गल, ८५.३८ हे.क्षे त्रफल वलौटे जमिन, २०.३० हे. भिर तथा चट्टान, ४३९३.१५ हे. धासे क्षेत्र, ३०९३।०६ हे. वुट्यान तथा झाडी, ३११।७६ हे.उजाड भुमि  र ३०६८.६० हे. खेतीयोग्य जमिनले ओगटेकाछ । यस गा.वि.स.को ८९.९ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन् । यस नगरपालिकाका कृषि वाहेक ज्यालादारी तथा मौसमी रोजगार, व्यापार व्यवशाय, जागिर तथा अन्य सापटीबाट जीविकोपार्जन गरेका छन् । कृषि र गैरकृषि जन्य व्यवसाय प्रवद्र्धनका लागि यस नगरपालिकामा ३ वटा एग्रोभेट, एउटा रस्टिक स्टोर एउटा तरकारी संकलन केन्द्र  रहेका छन । बडिमालिका नगरपालिकामा एउटा डेरी रहेको भए पनि व्यवस्थित नहुदा यहाँका किसानहरुले दुध वेच्न घर घर धाउनु परेको छ ।

  बडीमालिका नगरपालिका भित्र पाटा, मना, तिपाडा, रजाली जिल्ली आदि स्थानमा पहिरोले गर्दा वर्षेनी जनजिवन प्रभावित हुने गर्दछ भने वाउली, पिपाडी खोला खोलाले समेत बर्षातमा धन जनको क्षति गरिरहेको पाईन्छ । बर्षातको समयमा वाढी तथा अनावृष्टि अतिवृष्टिले समेत यस नगरपालिकामा बर्षेनी धनजनको क्षति गरिरहे को हुन्छ । यस नगरपालिकाका घरधुरीहरु १७ वटा सामुदायिक वन र एउटा कवुलियति वनमामा आवद्ध छन् । जलवायु परिवर्तन र त्यसको असर न्यूनिकरण गर्ने संस्थागत एवं विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ ।

 शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई

 बडीमालिका नगरपालिकामा.३५ वटा बालविकास केन्द्र,. ११ वटा प्रा.वि.,७..वटा नि.मा.वि.र १०.. वटा मा.वि ..र एउटा वहुमुखी क्याम्पस रहेका छन् जसमा जम्मा ५३.वटा भवन र २५३ वटा कक्षा कोठा रहेका छन् । ८४.७. प्रतिशत साक्षरता रहेको यस नगरपालिकामा महिला साक्षरता ८०.९ प्रतिशत छ । नगरापालिकामा लगभग ९६ प्रतिशत जनसंख्यामा एकिकृत स्वास्थ्य सेवा पुगेकाले बाल मृत्युदर र मातृ मृत्यु दरमा कमी आएको देखिन्छ ।  नगरपालिकाबाट स्वास्थ्य सेवाको पहुँच औषत आधा घण्टाको समयमा पुगे तापनि थप तालिम प्राप्त स्वास्थ्यकर्मी, औषधी, उपकरण एवं भौतिक पूर्वाधार आदिको थप व्यवस्था गर्नु पर्ने देखिन्छ । नगरपालिकामा ४० प्रतिशत. जनसंख्या कुपोषणबाट प्रभावित देखिन्छ । पाइपद्धारा वितरित खानेपानी ९६.६ प्रतिशत घरधुरीले पाएका छन् भने ९९.६४ प्रतिशत घरधुरीले शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकामा सार्वजनिक शौ चालय निर्माण र सरसफाईमा निरन्तर सुधार गर्नुपर्ने देखिन्छ ।

 भौतिक तथा सामाजिक पूर्वाधार   

यस नगरपालिकाको केन्द्र सम्म सडक कालो पत्रै हुदै छ उक्त सडक बडिमालिका नगरपालिकाको क्षेत्रमा १४ कि.मि. सडक पर्दछ । मार्तडी बजारमा सडक विस्तारको कार्य शुरु भएको छ । मार्तडी देखि भौनेरा सम्म कच्ची सडक खनिएको छ भने भौनेराबाट पिनालेख हुदै पाटा जाने सडक समेत कटिगं कार्य शुरु भएको छ । मार्तडी देखि उत्तरपूर्वि क्षेत्र जाने क्रममा बडिमालिका नगरपालकिाको वडा नं. ७ को पोरखे सम्म २५ कि.मि. कच्चीबाटोमा सुख्खा याममा यातायातका साधन सञ्चालन भैरहेको अवस्था छ । नगरपालिकाको नयाँ भवन निर्माणधिन अवस्था रहेको छ । स्वास्थ्य चौकीका भवन एउटा भवन निर्माधिन अवस्थामा रहेको छ भने एउटा स्वास्थ्य चौकी भवन वनेको छ र एउटा स्वास्थ्य चौकी भवन पुरानो भवन रहेको छ । कृषि र पशु से वा केन्द्रहरुका भवन पनि प्रयाप्त छैनन । जिल्ला अस्पतालको भवन समेत जिर्ण अवस्थामा रहेको छ । नगर पालिकामा २३ वटा झो.पु. हरु सञ्चालनमा रहेका छन । ३०  वटा विद्यालयमा प्राय सवै विद्यालयमा कोठा संख्या अप्रयाप्त रहेको देखिन्छ । यस नगरपालिकामा सामुदायिक भवन १४ एउटा रहेको अवस्था छ ।

 जलश्रोत, विद्युत, नविकरणीय उर्जा र सञ्चार

 यस नगरपालिकामा वाउली,अनाई, वुढिगंगा, कोर्दालीगाड, मनागाड, तिपाडी गाड जस्ता साना ठुला नदी तथा खोलाहरु रहेका छन् । ५५४ हे.खेतीयोग्य जमिन मध्ये २७ वटा सिंचाई कुलोबाट जम्मा ८५ हेक्टरमा मात्र मौसमी सिंचाई सुविधा पुगेको छ । ३ वटा जलविद्युत निर्माण भएका छन् । जसबाट २८५ कि.वा विजुली उत्पादन भई नगरपालिकाका कार्यालय वाहेक २९८३ घुरधुरीमा वत्तिको सुविधा पुगेको छ । भने यस नगरपालिकाका १६ घरधुरीले नविकरणीय उर्जा (सौर्य उर्जा) प्रयोग गरिरहेका छन् । यस नगरपालिकामा अझै १३० घरधुरीमा विजुली वत्तिको सुविधा नपुेको देखिन्छ । बडिमालिका नगरपालिकाका  २८९९ घरधुरीमा मोबाईल सुबिधा प्रयोग गर्ने गरेका छन् । यस नगरपालिकामा दुई वटा सामुदायीक रेडियो, (एफ्.एम्.) हरु रहे का छन । मार्तडीबाट २ वटा दैनिक र ६ वटा साप्ताहिक पत्रपत्रिका दर्ता भएको देखिन्छ । यस नगरपालिकामा ल्यानलाईन फोन, नमस्ते, स्काई र एनसेलका टावार समेत रहेकोले टेलिफन सम्वन्धी सम्पूर्ण सुविधा रहेको पाईन्छ । ईन्टनेटको समेत सुविधा रहेको छ ।

 सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था        

यस नगरपालिकामा दलित २३ प्रतिशत, ब्राहमण ८.८३ प्रतिशत, क्षेत्री ६४.९० प्रतिशत, दशनामी २.२२ प्रतिशत र जनजाति २.२२ प्रतिशत जनसंख्याको बसोबास रहेको छ । छुवाछुत, छाउपडी, धामीझाँक्री प्रथा, अन्धविश्वास जस्ता सामाजिक कुरितीहरु यस नगरपालिकामा अँझै विद्यमान छन् । यस नगरपालिकाको सामाजिक रितिरिवाज र चाड पर्वमा वडा दशै, तिहार, भुवा पर्व, अनन्ते, माघी संक्रान्ति, विशु संक्रन्ति, गौरा पर्व, ल्होसार र देउडा आदि रहेका छन् । यस नगरपालिकामा पुरुषहरुले दौरा, सुरुवाल, कोट, टोपी र महिलाहरुले गुन्यू, चोलो, पोते आदि भेषभुषाका रुपमा लगाउने गर्दछन् । क्षमता भएका व्यक्तिहरु हाल १७५ जना रहेका छन् । यस नगरपालिकामा मूख्यरुपमा बडिमालिका, जाल्पादेवि, मष्टामाण्डैं, ऋषि देवता, भेराल देवता, घटाल, कै लाश,भगवति तथा गुम्वा, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । बडिमालिका, कालाजाग्रा, पोरखे आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन ।